नेप्सेमा पहिरो, ५३ अंकको गिरावट, सबै समूह राताम्मे « Khabarhub

नेप्सेमा पहिरो, ५३ अंकको गिरावट, सबै समूह राताम्मे


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिरो गएको छ । आज नेप्सेमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से ५३.०४ अंकले घट्यो । 

शेयर बजार घट्दा नेप्से २६१६.२६ अंकमा आइपुगेको छ भने पुँजीकरणमा समेत १.९८ प्रतिशतले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा २३० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य बढ्यो ।

आज भएको शेयर कारोबारमा सबै उपसमूहका सूचकमा गिरावट आएको छ । तर, आज नेप्सेमा कुथेली बुखारी स्माल हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् ।

त्यस्तै, आज नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : २२ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा