पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो | Khabarhub Khabarhub

पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको छ ।  ५ गतेका लागि निर्धारित मतदानका दिन मतपत्रमा गडबडी देखिएपछि आज चुनाव भएको हो ।  

क्याम्पसमा ९ हजार २ सय ७० मतदाता भए पनि ज्यादै न्यून संख्यामा मत खसेको हो । बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले बताए । 

पृना क्याम्पसको स्ववियु कमान्डर बन्न ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । 

एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्याशी छन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ४ : ५८ बजे

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा