७ महिनामा साढे ३ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर | Khabarhub Khabarhub

७ महिनामा साढे ३ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिनामा साढे ३ लाख बढी नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । अर्थ मन्त्रालयको माघ महिनाको अर्थ बुलेटिनअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ लाख ६३ हजार ७०२ जना नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिसम्म ४६ लाख १२ हजार ४०६ जना नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको ७ महिनामा ६८ हजार ४८५ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयकाअनुसार माघ मसान्तसम्म नेपालमा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २० लाख १२ हजार ५८६ पुगेको छ ।

मूल्य अभिवृद्धि र अन्तःशुल्क करतर्फ दर्ता हुने करदाताको संख्या हालसम्म क्रमशः ३ लाख ४१ हजार ७१६ र १ लाख २३ हजार १३२ पुगेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४७ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र