कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षले बुझाए बालेन्द्रलाई पत्र « Khabarhub

कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षले बुझाए बालेन्द्रलाई पत्र

प्रमुख प्रशासकीय अधिकृतको विषयमा छलफल गर्ने 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुले मेयर बालेन्द्र शाह (बालेन) लाई कार्यपालिका बैठक बोलाउन भन्दै पत्र बुझाएका छन् । 

महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले कार्यपालिका बैठकको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । 

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य प्रगति शून्य भएकाले गर्दा मेयरलाई कार्यपालिका बैठक बोलाएर त्यसको समीक्षा गर्ने पत्र बुझाएको मानन्धरले खबरहबसँग बताए । 

‘हामीले महानगरमा प्रशासकीय अधिकृत नहुँदा हाम्रो कार्य प्रगति शून्य भयो त्यसको समीक्षा कार्यपालिकामा गरौँ भनेर भनेका हौँ’, मानन्धरले खबरहबसँग भने, ‘कार्यपालिकाबाट समाधानका उपायहरू खोज्न हामीले माग गरेका हौँ ।’

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ४२ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको