ब्रान्ड तिर पनि दिव्या, बनिन् ‘प्रोफाइल कन्सल्टेन्सी’को एम्बेस्डर « Khabarhub

ब्रान्ड तिर पनि दिव्या, बनिन् ‘प्रोफाइल कन्सल्टेन्सी’को एम्बेस्डर


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नव नायिका दिव्या रायमाझी पहिलो फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शनमा आउनुपूर्व नै दोस्रो फिल्म ‘पिताम्बर’को छायाङ्कन सकेर बसेकी थिइन् ।

‘पिताम्बर’ चैत २९ बाट प्रदर्शनमा आउँदैछ । दोस्रो फिल्म प्रदर्शनमा आउनुअघि नै उनको हातमा अर्को फिल्म ‘मायाप्रिति’ छ । यसको छायाङ्कन पनि चाँडै हुने बुझिएको छ ।

गत माघबाट नेपाली रजतपटमा डेब्यू गरेकी दिव्याको व्यस्तता चल्तीका नायिकाको जस्तै देखिन थालेको छ । उनी ब्रान्डसँग आबद्ध हुन थालेकी छन् ।

विभिन्न ब्रान्डहरु उनीसँग जोडिन चाहेको बुझिएको छ । उनले ब्रान्डसँग जोडिने यात्रा ‘प्रोफाइल इन्टरनेस्नल एजुकेसन कन्सल्टेन्सी’बाट सुरुवात गरेकी छन् ।

उनी आइतबार उक्त कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी हुन् । हात्तिसारमा आयोजना गरिएको एक कार्यक्रममा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक नितेश उप्रेती र दिव्याबीच काजगी सम्झौता भएको हो ।

प्रोफाइल इन्टरनेसनल ऐजुकेसन कन्सल्टेन्सी विगत सात वर्षदेखि अष्ट्रेलिया ,क्यानडा, बेलायत, अमेरिका,डेनमार्क, फिनल्याण्ड र यूरोपलगायत देश पढ्न चाहने विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ ।

ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि दिब्याले भनिन्, ‘युवा पुस्ताको सेवामा समर्पित संस्था भएकाले यस संस्थामा जोडिएकी हुँ ।’

प्रबन्ध निर्देशक उप्रेतीले युवा पुस्तामा चर्चित नायिका ब्रान्ड एम्बेस्डर बन्दा संस्थाको गरिमा बढेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : २५ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका