मधेस प्रदेशसभा बैठक जसपा र माओवादीले गरे अवरुद्ध | Khabarhub Khabarhub

मधेस प्रदेशसभा बैठक जसपा र माओवादीले गरे अवरुद्ध


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक चल्न नदिने चेतावनी दिए । उनले मुख्यमन्त्री कूटनीतिक मर्यादाविपरीत विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसँग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपमाथि मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरू मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए । उनले भने, ‘प्रदेशसभा सदस्यहरूले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ ।’

माओवादी र जसपा नेपालका सांसदहरू संसद् अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ०६ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता