मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका होटल अनुगमन | Khabarhub Khabarhub

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका होटल अनुगमन


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन् । यहाँका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासा तीव्र भएपछि मुख्यमन्त्री सिंहले होटल अनुगमन सुरु गरेका हुन् । 

प्रदेशको भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन् ।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए ।     

अनुगमनक्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्साकोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । 

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्विटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएका छन् ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेका चार होटलसहित आइतबार जनकपुरधाममा दस होटलको अनुगमन गरिएको जानकारी दिए । उनले अनुगमनमा रघुपति मिष्ठान भण्डारको अवस्था भने सन्तोषजनक रहेको पाइएको जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ४२ बजे

यो राजनीतिक आन्दोलन होइन : गृह मन्त्रालय

काठमाडौं– आज राजावादीले गरेको आन्दोलन राजनीतिक आन्दोलन नभएको गृह मन्त्रालयले

राजावादीको जुलुसमा ४ हजार, समाजवादीको सभामा ३५ हजार सहभागी

काठमाडौं– काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ३ देखि ४ हजारको

गृहले भन्यो- राजावादीको प्रदर्शन हिंसात्मक भयो, जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ

काठमाडौं– राजावादीको आन्दोलन हिंसात्मक भएको र सो आन्दोलनमा एक जनाले

राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जिउँदै जलेर पत्रकारको मृत्यु

काठमाडौं– राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना

राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको