देउवालाई शाहीको जवाफ : बीपीको सिद्धान्त बेचेर खानुभएछ ! | Khabarhub Khabarhub

देउवालाई शाहीको जवाफ : बीपीको सिद्धान्त बेचेर खानुभएछ !


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्त बेचेर खाएको आरोप लगाएका छन्।

यसअघि देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्नलायक नभएको भन्दै राप्रपा अध्यक्ष बन्न सुझाव दिएका थिए।

यसको जवाफ दिँदै शाहीले भनेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ?’

उनले ‘जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ’ भन्ने नेपाली उखान याद गर्न समेत भनेका छन्। ‘सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ, हिम्मत छ ?’ उनले सोधेका छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ५४ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता