फिल्म ‘महाभोज’को गीतमा निश्चल बस्नेतको स्वर | Khabarhub Khabarhub

फिल्म ‘महाभोज’को गीतमा निश्चल बस्नेतको स्वर


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशन रहने फिल्म ‘महाभोज’को गीतमा निर्देशक निश्चल बस्नेतले स्वर दिएका छन् । उनले ‘लालु मै’ शीर्षकको गीत रेकर्ड गराइसकेका छन् ।

निश्चलले स्वर दिएको गीतमा हर्क साउदको शब्द र केतन क्षेत्रीको संगीत रहने बताइएको छ ।

निर्देशक राउतका अनुसार यस गीतमा फरक स्वर भएको व्यक्तिको खोज्दा निश्चल बस्नेत उपयुक्त लागेर चयन गरिएको हो ।

राउतले निश्चलसँगको ‘काले दाइ’ गीतमा भएको सहकार्य स्मरण गर्दै भने, ‘८ वर्षअघि फिल्म पर्वको गीत निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले लालुमै मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ ।’

राउतको निर्देशन रहेको फिल्म ‘पर्व’को गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए । यो गीत हिट बनेको थियो ।

‘महाभोज’ राउतको निर्देशन रहने आठौं फिल्म हो । यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत केन्द्रीय भूमिकामा छन् ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति जेठ १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : ५५ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मलङ्गवा– बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक

चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह

काठमाडौं – चन्द्र पन्तको लेखन र निर्देशनमा बन्न लागेको फिल्म

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

म्याग्दी– अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा

बलिउड नायिका दिशा पटानी हलिउडमा डेब्यू गर्दै, सुटिङ पूरा हुँदा पनि कुरा गोप्य

काठमाडौं – बलिउड नायिका दिशा पटानीले हलिउड फिल्ममा डेब्यू गर्ने

यायातात व्यवसायीलाई सांसदको आग्रह- सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलन फिर्ता लिनुस्

काठमाडौं– सांसदहरूले सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरूलाई