कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन « Khabarhub

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । 

‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए। उनले वर्षायाममा ‘रनअफ रिभर’ मा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा गर्नुनपर्ने भएकाले उक्त समयमा ड्याममा पानी सञ्चित गरेर राख्ने र सुक्खायाम सुरू भएपछि पूर्ण क्षमतामा सञ्चालन गरिने जनाए।

अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेको र  आवश्यकताका आधारमा चौबीसैँ घण्टा विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ । यस केन्द्रबाट चालु आव २०८१-८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । 

आव २०८०र८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो । 
 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : २३ बजे

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छ : सभामुख यादव

महेन्द्रनगर- मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता

प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् नियमित

कङ्गोमा इबोला प्रकोप तीव्र : ५१५ सङ्क्रमित, ९१ मृत्यु

किन्शासा– कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला सङ्क्रमितको सङ्ख्या ५१५ पुगेको छ

सुपारीखेतीमा इलामका किसानको लगाव

फिक्कल– पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका