एकताले मात्र सफलता मिल्छ : सभापति देउवा « Khabarhub

एकताले मात्र सफलता मिल्छ : सभापति देउवा


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् ।

दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै सभापति देउवाले एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिने बताए ।

एकताको अभियानमा लाग्न पनि उनले कार्यकर्तालाई सुझाव दिए । सभापति देउवाले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए ।

देउवाले भने, ‘हिजो कसले के कमजोरी गर्‍यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।’ उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे ।

‘यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअनर्तघात हुने छैन’ उनले भने ।

बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  २ : १८ बजे

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय