जातीय विभेद आरोपमा अछाममा दुई जना पक्राउ | Khabarhub Khabarhub

जातीय विभेद आरोपमा अछाममा दुई जना पक्राउ


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 
अछाम– अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय दिनेश नेपालीको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

समातिएकाहरूलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। निवेदक नेपालीले आफूमाथि पक्राउ परेकाहरू र स्थानीय बखत शाहीलगायतले दलित भएकै कारण हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका थिए। 

नेपालीका अनुसार उनी अछाम जिल्ला अदालतमा चलिरहेको एउटा मुद्दामा साक्षी बसेका थिए । आरोपितले दलितले साक्षी बस्न नपाउने भनी धम्की दिँदै आएका छन् ।

ज्यान मुद्दाका साक्षी दिनेशलाई आरोपितले अछाम जिल्ला अदालत परिसरमा हातपात गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। बखत शाही, गणेश शाहीलगायतलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितको गुनासो छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : २१ बजे

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली

देउवा दम्पती पुगे विमानस्थल, सिंगापुरका लागि उड्नेछन् पौने ११ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको