भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस « Khabarhub

भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासमा आज एक समारोहबीच २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्णजयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए ।

राजदूत श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति योजनाको २३औँ ब्याचका पुरस्कृतहरूका साथै रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरूलाई आ(आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न आग्रह गरे । उनले भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने सङ्लग्नतामार्फत उपलब्ध हुने अवसरमाथि प्रकाश पारेका थिए ।

समारोहमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा।देवराज अधिकारी, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा अच्युत वाग्ले, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति डा। अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा बिजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा।ध्रुवकुमार गौतम, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा।शारदा थपलियाको उपस्थित रहेको थियोे । कार्यक्रममा विभिन्न संस्थानका डीन तथा विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।

भारत–नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्णजयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । यस अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्या वार्षिक रूपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका ७ जिल्लाबाट तीन हजार ५०० जनाभन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका त्यस अवसरमा जानकारी दिइयो ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रङ्गमञ्च र कला प्रदर्शनलगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई करिब एक हजार ५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : १९ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको