आईपीएल : आशुतोषको शानदार ब्याटिङमा लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित | Khabarhub Khabarhub

आईपीएल : आशुतोषको शानदार ब्याटिङमा लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको आईपीएलको खेलमा लखनउ सुपर जेन्ट्समाथि दिल्लीले एक विकेटको सनसनीपूर्ण जित हात पारेको हो । २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा तीन बाल बाँकी रहँदा पुरा गरेको हो ।

म्यान अफ द म्याच बनेका शर्माले अविजित रहँदै ३१ बलमा ६६ रन जोडे । उनले ५ चौका र ५ छक्का प्रहार गरे । यसैगरी निगमले १५ बलमा ३९ रन जोडे । दिल्लीको सुरुवात भने खराब थियो । दुई बलमा दुई विकेट गुमाएको दिल्लीले सात रनमा तेस्रो विकेट गुमाइसकेको थियो ।

कप्तान अक्षर पटेल र उपकप्तान फाफ डु प्लेसिसले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । ६५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको दिल्लीले १३ औँ ओभरमा ट्रिस्टयन स्टब्सलाई छैटौँ विकेटको रूपमा गुमाएपछि हार निश्चित झैँ देखिएको थियो । सोही समयमा निगमले सातौँ विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरेका हुन् । निगम र शर्माको ५५ रनको साझेदारीले खेललाई जिततर्फ लगेको थियो ।

लखनउका शार्दूल ठाकुर, मनिमरन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोइले समान दुईदुई विकेट लिए । लखनउले पावर प्लेमा नै कम अनुभवी स्पिनर सिद्धार्थ र राठीलाई प्रयोग गर्दा सफलता पाएको थियो । विस्नोइ भने महँगा साबित भए । उनको चार ओभरमा ५३ रन प्रहार भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा २०९ रन जोडेको हो । लखनउका लागि मिचेल मार्सले ३६ बलमा ७२ तथा निकोलास पुरणले ३० बलमा ७५ रन प्रहार गरे । यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । कुनै समय २४० स्कोर पार गर्ने सम्भावना रहेको लखनउलाई रोक्ने क्रममा कुलदिप यादवले चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए । मिचेल स्टार्कले चार ओभरमा ४२ रन खर्चे पनि तीन विकेट लिए । मार्स र पुरण आउट भएपछि डेभिड मिलरले अविजित रहँदै १९ बलमा २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान असफल भए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ५४ बजे

जेन-जीका नाममा अनलाइनमार्फत चन्दाको धन्दा, पारदर्शितामा प्रश्न

काठमाडौं– राजधानीको माइतीघर मण्डलामा २३ भदौमा युवा पुस्ताद्वारा आयोजना गरिएको

प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी

भक्तपुर– जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने

काठमाडौं– भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना

रोकिराखेको ट्रकमा बस ठोकिँदा दुई जनाको मृत्यु, २२ घाइते

इनरुवा– यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई

कास्की कारागारबाट भागेका ३४८ जना फर्किए

गण्डकी–  ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय