साउदीको दुई तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी | Khabarhub Khabarhub

साउदीको दुई तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको छ ।

स्थानीय पत्रिकाहरुलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार संसारकै सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको समाचारमा जनाइएको छ । सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् ।

विगतमा यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइएको थियो । तर यी आक्रमणहरू कसले गर्‍यो भन्ने खुलाइएको छैन।

“स्थानीय समय बिहान चार बजे अरामकोका सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा (ड्रोनका कारण शुरू भएको) आगो निभाउने प्रयास शुरू गरेका थिए,” सरकारी साउदी प्रेस एजेन्सीले लेखेको छ । अबकाइक र कुरिस साउदी अरबको पूर्वी प्रान्तमा रहेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ३ : ११ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले