मस्कुलर डिष्ट्रोफीको पहिचान र उपचारका लागि डा.अग्रवालको नेतृत्वमा सुझाव समिति गठन  « Khabarhub

मस्कुलर डिष्ट्रोफीको पहिचान र उपचारका लागि डा.अग्रवालको नेतृत्वमा सुझाव समिति गठन 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुन स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार गर्न प्रा.डा. जगदीश प्रसाद अग्रवालको नेतृत्वमा सुझाव समिति गठन गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा.डा.अग्रवाल संयोजकत्वको समिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा त्रिवि शिक्षण अस्पतालका प्रा।डा। रोहितकुमार पोखरेल, मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपालका अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य रहेका छन् । 

यसैगरी, नेपाल पेडियाट्रिक्स सोसाइटीका प्रतिनिधि तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठलाई सदस्य सचिव राखिएको समितिका सदस्य सचिवमा मन्त्रालयका डा. पुष्पराज पौडेल तोकिएका छन् । मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवंशिक रोगका बिरामी देशमा बढिरहेको मन्त्रालयको तथ्यांकमा छ । 

रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । नेपालमा हाल ८ सय यस्ता बिरामी प्रभावित भएको पाइएको छ । आनुवांशिकका अलावा अन्यमा समेत देखा पर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवंशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने चिकित्सकहरू बताउँछन् । 

यो रोग भएका बालबालिका तथा परिवार अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्दछ । समितिलाई रोग रोकथाम तथा परिवार र स्वास्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनःथापना तथा आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ०५ बजे

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष