सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान « Khabarhub

सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बोआओ फोरमले मंगलबार जारी गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी वृद्धिदर) चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी चार दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इञ्जिनका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जीडीपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जीडीपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारीदर चार दशमलव ३९ प्रतिशत हुने अनुमान छ । यो विश्वव्यापी बेरोजगारीदर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : ०१ बजे

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब