प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन « Khabarhub

प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।  

मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन् ।

उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न गरे । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । 

उनले स–साना कुराहरूलाई समातेर हल्लाखल्ला गर्ने काम भएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नायकत्व लिने बताए । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ३० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका