प्रधानमन्त्री भन्छन्- व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न   | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्- व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न  


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन् । 

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को आज लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गरे । ‘सबै नेपालीका पुर्खाले लडेर यो देश बनाएको हो, कुनै एक जना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो,’ उनले भने, ‘अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ ।’

प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिए । ‘देश र जनताको हितको सबैले इमानदारीका साथ काम गर्नुपर्छ’, उनले भने । उनले लोकार्पण भएको आत्मकथाबाट गिरिजाप्रसाद कोइराला र सुजfता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २७ बजे

‘चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ’ 

काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी

कुलमानबारे प्रधानमन्त्रीको जवाफ- सरकारले एउटा हटायो, अर्को नियुक्ति गर्‍यो 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार

सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण

इटहरी– इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आर्मेनियाको संसदबाट इयु प्रवेशको पक्षमा मतदान

येरेभान– ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै

मुख्यमन्त्रीको निर्देशन नटेर्ने डाक्टर उमेश साह पक्राउ

 रौतहट– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दै