‘आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउँछ’ « Khabarhub

‘आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउँछ’


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरीफले आफ्नो देशले आर्थिक वृद्धि बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रको प्रगतिमा बढी ध्यान दिने बताएका छन् ।

‘पाकिस्तानले देशको अर्थतन्त्रमा कृषिको हिस्सा बढाउनु पर्छ, किनकि हाम्रो जनसङ्ख्याको लगभग ६५ प्रतिशत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले एक कार्यक्रममा भने।

उनले गुणस्तरीय बीउ, मल र औषधि समयमै उपलब्ध भएमा कृषि क्षेत्रमा क्रान्ति आउने र निर्यातमा वृद्धि हुने बताए। सरकारले कम्बाइन हार्भेस्टरलगायत कृषि मेसिनरी स्थानीय उत्पादनका लागि पहल गरिरहेको उल्लेख गरे।

कृषि क्षेत्रलाई बलियो बनाउन विभिन्न उपायहरू प्रकाश पार्दै शरीफले केन्द्रको सहयोगमा यस क्षेत्रको थप विकास गर्न प्रान्तीय सरकार, किसान, अनुसन्धानकर्ता र वैज्ञानिक लगायत सबै सरोकारवालाहरूले हात मिलाउनुपर्ने बताए।

उनले पाम तेल आयातमा पाकिस्तानले बहुमूल्य विदेशी मुद्रा सञ्चिति बर्बाद गरिरहेको र स्थानीय उत्पादन बढाएर यो प्रवृत्तिलाई उल्टाउन आवश्यक रहेको बताए।

‘देशको विकासम मिलेर काम गर्नुपर्छ । हाम्रो कृषि क्षेत्रको रूपान्तरण गर्न कडा मिहिनेत गर्नेछौँ ।’
 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली