पत्रकार बृजकुमार यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा « Khabarhub

पत्रकार बृजकुमार यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुरधामका पत्रकार बृजकुमार यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप लगाएको हो । धनुषाको बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरी विरुद्ध पनि अख्तियारले मुद्दा चलाइएको छ ।

पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोप छ । अख्तियारका अनुसार, धनुषाको बटेश्वर गाँउपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्नुपर्ने थियो ।

राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्रको सूचना प्रकाशित गर्नुपर्नेमा जनकपुर टुडेका प्रधानसम्पादक यादवले बोलपत्र स्वीकृतिका सूचना लुकाई सूचना प्रकाशित नै गरेनन् । उनले गाउँपालिकाको अभिलेखमा राख्ने गरी एकप्रति मात्रै पत्रिका प्रकाशित गरेको अख्तियारको आरोप छ ।

५ वर्षअघिको घटनामा प्रधान सम्पादक यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपैंयाको बिल तयार गरेका थिए । त्यही रकम भुक्तानी गरेको आरोपमा अख्तियारले यादव सहित गाउँपालिकाका २ कर्मचारीमाथि मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ३५ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन