हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ « Khabarhub

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।

प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले न्याय पाएको बताए ।

उनले यसघिको आफ्नो योजनाअनुसार प्राधिकरणलाई अघि बढाउने बचन दिए ।

उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे ।

शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको बताए । उनले जनताको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई कार्यकाल प्राधिकरण सम्हालेका कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : १४ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने