आज २०८१ साल चैत १३ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत १३ गते बुधबारको राशिफल


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १३ गते बुधबार चैत कृष्ण पक्षको द्वादशी तिथि। विश्व रंगमञ्च दिवस। तदनुसार सन् २०२५ मार्च २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा गरेको काम सफल बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल गर्नुपर्नेछ।

वृष : तपाईंको बोलीकै कारण राम्रो काम बन्नेछ। आफ्नो कुरा राख्ने हिम्मत गर्नुपर्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मिथुन : दिन मध्यम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कर्कट : परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथी र परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तपाईंलाई कमजोर पार्ने समूह सक्रिय हुनसक्छ।

सिंह : दिन सामान्य छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको बोझ बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर रहेको छ।

कन्या : दिन राम्रो छ। कृषिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने ठगको पञ्जामा पर्ने जोखिम भएकाले सचेत बन्नुपर्नेछ।

तुला : दिन सामान्य राम्रो छ। बौद्धिक व्यक्तिसँग मानसिक टकराब बढ्नेछ। विवाद हुने स्थितिमा कम बोल्नु फाइदा हुनेछ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यले काम सफल बन्नेछ। शेयरको लगानीबाट नाफा हुनेछ। बैंकको कारोबारमा संलग्न भए राम्रो लाभ हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्दा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। काममा उत्साह बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीबाट सचेत बन्नुपर्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। गुरुबाट सन्तोषजनक सुझाव प्राप्त नहुँदा मन खिन्न हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

मीन : दिन राम्रो छ। बाहिरको खानपिनबाट जोगिनु पर्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा काम सफल बन्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। आम्दानीका स्रोत बढ्दा मन शान्त बन्नेछ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ०५ बजे

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको

‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत

काठमाडौं – सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा

अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको

चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी चितवनले