काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम « Khabarhub

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । 

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो ।

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पूर्वाधार निर्माण आवश्यक भएकाले पालिकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिरहेको बताए । 

कृषि विकास कार्यालयले यस वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । यस वर्ष सो वडामा प्रदेश सरकारको ३० लाख रुपैयाँ, गाउँपालिका र किसानको १०–१० लाख रुपैयाँ गरी ५० लाख रुपैयाँ लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधि भित्र्याइने जनाएको छ । 

महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे । त्रिदिवसीय तालिममा ९० जना किसान सहभागी थिए । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ११ : ४४ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार