काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम « Khabarhub

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । 

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो ।

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पूर्वाधार निर्माण आवश्यक भएकाले पालिकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिरहेको बताए । 

कृषि विकास कार्यालयले यस वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । यस वर्ष सो वडामा प्रदेश सरकारको ३० लाख रुपैयाँ, गाउँपालिका र किसानको १०–१० लाख रुपैयाँ गरी ५० लाख रुपैयाँ लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधि भित्र्याइने जनाएको छ । 

महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे । त्रिदिवसीय तालिममा ९० जना किसान सहभागी थिए । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ११ : ४४ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि