कुलमान प्रकरणमा विपक्षीले गरे संसद् अवरोध, प्रधानमन्त्रीसँग मागे जवाफ « Khabarhub

कुलमान प्रकरणमा विपक्षीले गरे संसद् अवरोध, प्रधानमन्त्रीसँग मागे जवाफ


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

प्रतिपक्षहरूले अवरोध गरेपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

सभामुखबाट पाएको ५ मिनेटको समयमा संसद्मा बोल्दै उनले घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी नगराउँदासम्म संसद् सुचारु हुन नसक्ने बताए । 

बस्नेतले बोलिसकेपछि प्रतिपक्षी दलका सांसदहरू गरेको अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ०६ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि