कुलमान प्रकरणमा विपक्षीले गरे संसद् अवरोध, प्रधानमन्त्रीसँग मागे जवाफ « Khabarhub

कुलमान प्रकरणमा विपक्षीले गरे संसद् अवरोध, प्रधानमन्त्रीसँग मागे जवाफ


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

प्रतिपक्षहरूले अवरोध गरेपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

सभामुखबाट पाएको ५ मिनेटको समयमा संसद्मा बोल्दै उनले घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी नगराउँदासम्म संसद् सुचारु हुन नसक्ने बताए । 

बस्नेतले बोलिसकेपछि प्रतिपक्षी दलका सांसदहरू गरेको अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ०६ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन