गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसम परिवर्तन हुने बेलामा जनस्वास्थ्यमा विभिन्न समस्या देखिने गर्दछन् । विशेष गरेर यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुने चिकित्सकहरू बताउँछन् । 

मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै लामो समयदेखि पानी नपरेकाले अत्यधिक मात्रामा वायु प्रदूषण बढेकोले स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन् ।

यस्तो मौसममा स्वास्थ्यमा देखिएको समस्याकोपहिचान गर्नसमेत समस्या हुने गरेको चिकित्सकको भनाइ छ । त्यसैले विभिन्न संक्रामक रोगहरूबाट बच्न खानपान तथा सरसफाइमा ध्यान चिकित्सकको सुझाव छ । 

जाडो सकिएर गर्मी सुरु हुँदा देखिने स्वास्थ्य समस्या

जाडो घट्दै गएको र बिस्तारै गर्मी बढ्दै गएकाले रुघाखोकी, दम, निमोनियाँ लगायत वायु प्रदूषणका कारणले घाँटी, छातीकै संक्रमणको समस्या लिएर धेरै बिरामीहरू आउने गरेका सिभिल अस्पतालमा कार्यरत फिजिशियन डा. जनेर कुरुङबाङले बताए । 

उनका अनुसार गर्मी बढ्ने क्रम जारी रहेकाले ज्वरो आउने, पिनास हुने, टन्सलाइसिस हुने, जस्ता समस्याहरू देखिहरेका छन् । अब विस्तारै बान्ता हुने, झाडापखाला लाग्ने जस्ता समस्याहरू देखिने गर्दछन् । तत्काल देखिएको कमन समस्या भनेको निमोनियाँ नै रहेको उनको भनाइ छ । 

सिभिल अस्पतालमै अहिले दैनिक आउने बिरामीहरूमा ५० देखि ६० प्रतिशत बिरामी यस्तै समस्या लिएर आउने गरेका डा. कुरुङबाङले बताए । 

अब विस्तारै यी समस्याहरू हट्दै जान्छन् भने झाडा बान्ता, टाइफाइड, स्क्रवटाइफर्स जस्ता रोगहरू सुरु हुने उनको भनाइ छ । उनका अनुसार यसको संकेत सुरु भइसकेको छ । अहिले पनि झाडापखालाका बिरामी पनि फाट्फुट्ट रूपमा आकस्मिक कक्षमा आउने गरेका छन् । 

उमेरका हिसाबले साना बालबालिकादेखि बृद्धबृद्धाहरु सबै उमेर समूहका बिरामीहरू यस्तै समस्या लिएर आउँछन् । गत महिनाको तुलनामा केही कमी आए पनि ६० प्रतिशत बिरामी भाइरल रुघाखोकी ज्वरो दम तथा निमोनियाँकै आउने गरेका र युवा तथा वयस्कहरूमा निमोनिया नै त भइहाल्दैन तर बालबालिका र वृद्धवृद्धाहरू त निमोनियाँ भएरै अस्पताल आउने गरेका छन् उनले भने । 

उपचार 

सामान्य रुघाखोकी हो भने आराम गर्दा केही दिनमा आफै ठिक हुन्छ । तर लामो समयसम्म पनि ठिक भएन भने तत्काल चिकित्सककहाँ जान उनले सुझाव दिएका छन् । उपचारमा जाँदा श्वासप्रश्वास बढेको छ, छाती दुखेको छ, खोकी लागिरहेको छ भने बाफ लगाउनुपर्ने वा एण्टीवाइटिक आवश्यक पर्न सक्ने उनले बताए । 

त्यस्तै चिसो खानेकुरा खाँदा समस्या झन् बढ्ने भएकाले तातो सुपहरू, गेडागुडीको झोल लगायत तागतिलो खानेकुराहरू खाँदा चाँडो निको हुने उनले बताए । 

बच्न के गर्ने ? 

चिसो मौसम सकिएर गर्मी मौसम सुरु हुन थालेकाले खानेकुराहरूमा एकदमै ध्यान दिनुपर्ने उनले बताए । 

बासी सडेगलेको खानेकुराहरू नखाने, पानी उमालेर मात्रै पिउने, स्वच्छतामा ध्यान दिने, वायु प्रदूषण बढ्दो क्रममा रहेकाले बाहिर निस्किँदा मास्क लगाउने, आफूलाई रुघाखोकी लागेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरूसँग धेरै नजिक नहुने, लगायतका कुराहरूमा ध्यान दिनुपर्ने उनको भनाई छ । 

त्यस्तै डा. कुरुङवाङले भने दीर्घरोगहरु जस्तै दम निमोनियाँको समस्या छ भने इन्फ्लुएञ्जाको खोप पहिले नै लगाउनुपर्छ । यो खोप चिसो मौसम सुरु हुनुभन्दा अगाडी वर्षमा एक पटक लगाउनुपर्छ । यसले जाडो महिनाभरी हुने मौसमी फ्लुबाट हुने समस्याबाट जोगाउँछ । 

सबैले यो खोप अनिवार्य रूपमा लगाउनुपर्छ भन्ने होइन । तर सुगर प्रेसर दम लगायतका दीर्घरोग भएका बिरामीले अनिवार्य लगाउनुपर्छ । त्यस्तै पटक पटक रुघाखोकी लागिरहने, निमोनियाँ भइरहने समस्या भएका व्यक्तिले लगाउँदा जोखिम अलि कम हुन्छ । यदि समस्या देखिहाल्यो भने जतिसक्दो चाँडो उपचार गराइहाल्नुपर्ने उनको सुझाव छ । 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : ३२ बजे

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री 

बैङ्कक– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र

दीपक बोहराको शव बालुवाटारस्थित निवासमा (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको शव

सुर्खेतमा दुई मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने

सुर्खेत– सुर्खेतको लेकवेशी नगरपालिका–१० स्थित साटाखानीमा नेपाल विद्युत् प्राधिकरणले दुई

लोडसेडिङ हटेपछि निर्यात उद्योग खुसी

काठमाडौं– उद्योगमा लोडसेडिङ हटेपछि निर्यात उद्योगीहरू खुसी भएका छन् ।

आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास महत्त्वपूर्ण : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न