साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध « Khabarhub

साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ ।

शुक्रबार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिबार बिहान जेसिवी प्रयोग गरी सडक सुचारु भएपनि मध्यान्ह पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

अम्कोटमा बिहान आएको पहिरो पन्छ्याएको भएपनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुङ्गानाको भनाइ छ ।

सडकको माथिबाट लगातार पहिरो खस्ने कार्य नरोकिएकाले सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । उनले पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतबार सडक मर्मत गरी पुनः सञ्चालन हुने बताए ।

सडकमा पटकपटक पहिरो जान थालेपछि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । सडक अवरुद्ध भएको बाहना देखाउँदै यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ३१ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६