पहिरोले १० घर विस्थापित, २० घर जोखिममा « Khabarhub

पहिरोले १० घर विस्थापित, २० घर जोखिममा


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् । अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीयवासीहरु विस्थापित भएका छन् ।

केही दिनअघि गाउँमाथिबाट आएको पहिरोले स्थानीय यमबहादुर खड्काको भान्छाकोठा पुरिएको थियो । पहिरोसँगै खसेको अजङ्गको ढुङ्गा घरभन्दा केही माथि अड्किएर बसेपछि भयभित हुँदै स्थानीय सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार भागेर अन्यत्र सुरक्षित ठाउँमा आश्रम लिएर बसेका छन् । अड्किएर बसेको ढुङ्गा कतिबेला खसेर क्षति पुर्‍याउँछ भन्ने डरले आफू पनि तातोपानी बजारमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए ।

पहिरोबाट विस्थापित परिवारलाई पालिकाले नै भाडा व्यहोर्ने गरी सुरक्षित ठाउँमा कोठा खोजेर बस्न अह्राएको र विपद् व्यवस्थापन समितिबाट पनि केही सहयोगको अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

त्यहाँ बसोबास गर्ने परिवार विसं २०३८ मा आएको बाढीबाटै सुकुम्बासी बनेका थिए । तातोपानी बजार क्षेत्रको सार्वजनिक जग्गामा अस्थायीरूपमा टहरामा बस्दै आएकामा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र २०७३ असार २१ को भोटेकोशी बाढीले विस्थापित भएपछि स्थानीय चौकीडाँडाको सार्वजनिक जग्गामा बस्दै आएका छन् । तर, त्यहाँ पनि सीमा प्रहरी कार्यालयको भवन बन्ने भएपछि त्यहाँबाट पनि विस्थापित हुन पुगेकाले व्यवस्थापनका लागि ३ नम्बर प्रदेश सरकारलाई पत्राचार गरिएको अध्यक्ष पौडेलले बताए ।

भूकम्प र त्यसपछिका पराकम्पले थिलथिलो पारेको जमीनमा तातेपानीस्थित अरनिको राजमार्गबाट माथि रहेको कोदारी जाने ग्रामीण सडक खनेपछि झन् बाढी पहिरोको जोखिम बढेको वडासदस्य तेजबहादुर तामाङले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ५२ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई