डा विश्ववन्धु शर्माको उपचार अनुभवमा आधारित पुस्तक सार्वजनिक « Khabarhub

डा विश्ववन्धु शर्माको उपचार अनुभवमा आधारित पुस्तक सार्वजनिक


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विश्वबन्धु शर्माको उपचार अनुभवमा आधारित ‘मान्छेको मन’ नामक पुस्तक सार्वजनिक भएको छ ।

चार दशकदेखि मनोचिकित्सा क्षेत्रमा कार्यरत डा शर्माले आफूसँग उपचारका लागि आएका मनोरोगीहरूको मनोभावना, मनोरोगका बिरामीको उपचार पछिको सफल जीवन तथा आफ्नै जीवनका भोगाइहरू पुस्तकमा समेटेका छन् ।

डा शर्माको पुस्तक मान्छेको मन मञ्जरी पब्लिकेशन प्रालिले बजारमा ल्याएको छ । शनिबार पुस्तकको विषयमा जानकारी दिदै डाक्टर शर्माले आफूले उपचारको क्रममा भेटेका मनोरोगीको मनका कुरालाई पुस्तकमा समेटेको बताए ।

कार्यक्रम पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले डाक्टर शर्माले लेखेको मान्छेको मनले नेपालीको मानसिक स्वास्थ्य समस्यका विरामी र मनोरोग अवस्थाबारे जानकारी हुने बताए ।

यस्तै जनस्वास्थ्य विज्ञ डा रवीन्द्र समिरले पनि डा शर्माको पुस्तक नेपालीको मानसिक स्वास्थ्य अवस्थाको चित्र भएको बताए । डा शर्माको पुस्तक साहित्य प्रेमीका लागि मात्र नभइ स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला व्यक्ति, मेडिकल विद्यार्थीहरू र चिकित्सकले समेत पढ्नै पर्ने पुस्तक रहेको बताए ।

डा शर्माले यसअघि पनि मानसिक स्वास्थ्यका विविध अनुभव नामक पुस्तक बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ८ : १५ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका