कुलमान प्रकरणमा माओवादीले संसद् अवरोध गर्नु उचित होइन : विश्वप्रकाश शर्मा | Khabarhub Khabarhub

कुलमान प्रकरणमा माओवादीले संसद् अवरोध गर्नु उचित होइन : विश्वप्रकाश शर्मा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएर सरकारले गलत गरेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू र अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीलाई सुझाव दिँदा कुलमानलाई नहटाउन भनेको पनि स्मरण गराए ।

कांग्रेस पदाधिकारी बैठकमा पनि कुलमानलाई हटाउन नहुने दिशामै छलफल भएको उनले बताए । उनलाई हटाउने कुरामा पदाधिकारी बैठकको सहमति नरहेको शर्माले बताए ।

‘अहिले जे निर्णय भएको छ, यो निर्णय हुँदै गर्दा हामीले नगर्नुस् गर्नु हुन्न भन्ने हो’, उनले थपे, ‘ ।’त्यहाँसम्मको सन्दर्भमा हामीले गम्भीरतापूर्वक यो विषय भनेका थियौ ।’

कुलानलाई प्राधिकरणबाट बर्खास्त गरिएको प्रकरण अब अदालतको विषय भइसकेको बताउँदै उनले माओवादी केन्द्रसहित प्रतिपक्षीहरूले संसद् अवरुद्ध गर्नु उचित नहुने दाबी गरे ।

महामन्त्री शर्माले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्नु पनि उचित नहुने बताए । ‘अब यसपछाडिको विषय के आउँछ भने संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ । प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भनेको छ । यसबारे मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको भइसक्यो’, उनले भने, ’सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद् अवरोध गरिरहने कुरा उचित हुँदैन ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : १८ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’