कुलमान प्रकरणमा माओवादीले संसद् अवरोध गर्नु उचित होइन : विश्वप्रकाश शर्मा « Khabarhub

कुलमान प्रकरणमा माओवादीले संसद् अवरोध गर्नु उचित होइन : विश्वप्रकाश शर्मा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएर सरकारले गलत गरेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू र अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीलाई सुझाव दिँदा कुलमानलाई नहटाउन भनेको पनि स्मरण गराए ।

कांग्रेस पदाधिकारी बैठकमा पनि कुलमानलाई हटाउन नहुने दिशामै छलफल भएको उनले बताए । उनलाई हटाउने कुरामा पदाधिकारी बैठकको सहमति नरहेको शर्माले बताए ।

‘अहिले जे निर्णय भएको छ, यो निर्णय हुँदै गर्दा हामीले नगर्नुस् गर्नु हुन्न भन्ने हो’, उनले थपे, ‘ ।’त्यहाँसम्मको सन्दर्भमा हामीले गम्भीरतापूर्वक यो विषय भनेका थियौ ।’

कुलानलाई प्राधिकरणबाट बर्खास्त गरिएको प्रकरण अब अदालतको विषय भइसकेको बताउँदै उनले माओवादी केन्द्रसहित प्रतिपक्षीहरूले संसद् अवरुद्ध गर्नु उचित नहुने दाबी गरे ।

महामन्त्री शर्माले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्नु पनि उचित नहुने बताए । ‘अब यसपछाडिको विषय के आउँछ भने संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ । प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भनेको छ । यसबारे मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको भइसक्यो’, उनले भने, ’सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद् अवरोध गरिरहने कुरा उचित हुँदैन ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : १८ बजे

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र