पुटिनबारे जेलेन्स्कीको गैरजिम्मेवार टिप्पणी- उनी चाँडै मर्नेछन् | Khabarhub Khabarhub

पुटिनबारे जेलेन्स्कीको गैरजिम्मेवार टिप्पणी- उनी चाँडै मर्नेछन्


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबारे गैरजिम्मेवार टिप्पणी गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँगको भेटपछि पेरिसमा पत्रकारहरूसँगको कुराकानीमा उनले पुटिनबारे गैरजिम्मेवार टिप्पणी गरेका हुन् ।

कुराकानीका क्रममा जेलेन्स्कीले रूसी राष्ट्रपति पुटिन ‘चाँडै मर्ने’ दाबी गरे । ‘उनी (पुटिन) चाँडै मर्नेछन्, र यो तथ्य हो,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने । पछिल्लो समय पुटिनको स्वास्थ्य अवस्थाबारे अनेक अफवाह चलिरहेका छन् ।

पछिल्लो समय ७२ वर्षीय पुटिनको अनुहार सुन्निएको, खुट्टा काम्ने र आँखा रातो भएको देखिएको थियो । यसले पनि ती अड्कलबाजीलाई थप बल पुगेको ‘डेली मेल’ले समाचारमा उल्लेख गरेको छ ।

सन् २०२२ मा भएको एउटा चर्चित घटनामा राष्ट्रपति पुटिन तत्कालीन रक्षामन्त्री सर्गेई शोइगुसँगको बैठकमा कुर्सीमा लडिरहेको, टेबल समातेर बसेको र बोल्दा अस्पष्ट भएको दृष्य देखिएको देखिएको थियो ।

त्यस्तै, उनलाई लगातार खोकी लाग्ने, हात–खुट्टा अनियन्त्रित रूपमा हल्लिनेजस्ता समस्या भएका समाचार पनि छापिएका थिए । रूसी राष्ट्रपति पुटिनलाई कतिपय अवसरमा खोच्याउँदै हिँडेको देखिएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : २४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार