मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु | Khabarhub Khabarhub

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ । सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय पथप्रदर्शक सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा आज बिहान हिँड्ने क्रममा अचानक ढलेर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

;शेर्पा आइएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको पथप्रदर्शकका रूपमा यहाँ आएका रहेछन्;, उनले भने, ;हिँड्ने क्रममा अचानक ढल्दा टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि धार्चे आधारभूत अस्पताल लगिएको थियो ।;

प्रनाउ सुवेदीका अनुसार शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ३६ बजे

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।