राजावादी छेक्न प्रहरीले हाल्यो बानेश्वरको मूलसडकमै बार (तस्बिरहरू) « Khabarhub

राजावादी छेक्न प्रहरीले हाल्यो बानेश्वरको मूलसडकमै बार (तस्बिरहरू)


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादीहरूलाई तीनकुनेबाट अघि बढ्न नदिन प्रहरीले नयाँबानेश्वरस्थित निजामती अस्पताल अगाडिको मूलसडकमै बार हालेको छ।

शुक्रबार एकै दिन राजावादी र नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले आन्दोलनका कार्यक्रम गर्ने भएपछि सम्भावित तनाव रोक्न प्रहरीले मूलसडकमै फलामे बार हालेको हो ।

प्रहरीले मीनभवनस्थित नापी विभाग र निजामती अस्पताल अगाडिको मूलसडकमै बार हालेर दायाँ बायाँँका सहायक लेनबाट मात्रै सवारीसाधन चल्न दिइरहेको छ।

राजावादीहरूले तीनकुनेमा कार्यक्रममा गर्दैछन् भने समाजवादी मोर्चाले भृकुटीमण्डपको सडकमै कार्यक्रम गर्दैछ । मोर्चाको कार्यक्रम सकिएपछि राजावादीले आफ्नो शक्ति देखाउन लागेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ५० बजे

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ