काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर « Khabarhub

काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर बनेको छ । 

शुक्रबार बिहान १० बजे काठमाडौंको शंखपार्क सर्वाधिक प्रदूषित रहेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० पुगेको छ ।

यस्तै, भक्तपुरको एक्यूआई १९०, रत्नपार्कको १८४, ललितपुरको भैँसेपाटीको १७६ र खुमलटारको १७२ पुगेको छ । कैलालीको धनगढीमा पनि वायु प्रदूषण उच्च भएको छ । सोही समयमा त्यहाँको एक्यूआई १७८ मापन गरिएको छ ।

यीबाहेक अरू सहरकोे एक्यूआई १५० भन्दा कम छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना