राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु « Khabarhub

राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो । 

तीनकुनेमा कार्यक्रमको आयोजना गरेर बोलाइएका राजावादी समर्थकका साथमा ‘कमान्डर’ दुर्गा प्रसाईं निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । 

प्रहरीले बल प्रयोगका क्रममा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । राजावादीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा भएको थियो । उनीहरूले निजी घर, सञ्चारगृह र दलको कार्यालयमा आगजनीसमेत गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : १८ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै