गृहले भन्यो- राजावादीको प्रदर्शन हिंसात्मक भयो, जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ « Khabarhub

गृहले भन्यो- राजावादीको प्रदर्शन हिंसात्मक भयो, जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आन्दोलन हिंसात्मक भएको र सो आन्दोलनमा एक जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । अहिले साँझ पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले सो बताएका हुन् ।

‘पूर्व राजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा जुन गतिविधि गरियो त्यो खेदजनक छ, सभ्य समाजले हेर्दा लाज लाग्ने आन्दोलन हामीले देख्यौँ’, उनले भने, ‘सुरक्षाकर्मीलाई नै मार्ने नियतले जब उहाँले सवारी साधन चलाउनुभयो त्यहाँबाट नै आन्दोलन त्यो रूप लिएको छ ।’

उनले आज भएको आन्दोलनमा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएकोसमेत बताए । उनले सरकारले अनुमान गरेको भन्दा आन्दोलन फरक हुन पुगेको समेत बताए । साथै अराजक गतिविधि गर्नेमाथि सूक्ष्म निगरानी गरिरहेको समेत उनको भनाइ छ ।

‘राज्यको निकायले यसलाई निकै सूक्ष्म रूपमा निगरानी गरेको छ, हामीले सबैलाई कानुनी कारबाहीमा ल्याउँछौँ’, उनले भने, ‘आजको आन्दोलनमा जे जति क्षति भएको छ, त्यसको जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : २८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा