गृहले भन्यो- राजावादीको प्रदर्शन हिंसात्मक भयो, जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ | Khabarhub Khabarhub

गृहले भन्यो- राजावादीको प्रदर्शन हिंसात्मक भयो, जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आन्दोलन हिंसात्मक भएको र सो आन्दोलनमा एक जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । अहिले साँझ पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले सो बताएका हुन् ।

‘पूर्व राजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा जुन गतिविधि गरियो त्यो खेदजनक छ, सभ्य समाजले हेर्दा लाज लाग्ने आन्दोलन हामीले देख्यौँ’, उनले भने, ‘सुरक्षाकर्मीलाई नै मार्ने नियतले जब उहाँले सवारी साधन चलाउनुभयो त्यहाँबाट नै आन्दोलन त्यो रूप लिएको छ ।’

उनले आज भएको आन्दोलनमा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएकोसमेत बताए । उनले सरकारले अनुमान गरेको भन्दा आन्दोलन फरक हुन पुगेको समेत बताए । साथै अराजक गतिविधि गर्नेमाथि सूक्ष्म निगरानी गरिरहेको समेत उनको भनाइ छ ।

‘राज्यको निकायले यसलाई निकै सूक्ष्म रूपमा निगरानी गरेको छ, हामीले सबैलाई कानुनी कारबाहीमा ल्याउँछौँ’, उनले भने, ‘आजको आन्दोलनमा जे जति क्षति भएको छ, त्यसको जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : २८ बजे

कप्तान अय्यर र ओपनर सिंहको अर्धशतकमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले अपराजित यात्रा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल चैत २० गते बुधबार चैत

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २० गते बुधबार चैत

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१