नेपाल टेलिकमले गुनासा नआउने गरी सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

नेपाल टेलिकमले गुनासा नआउने गरी सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल टेलिकमले जनताको गुनासा नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन कोशी प्रदेश समितिको १२औँ प्रदेश अधिवेशनको आज उद्घाटन गर्दै उनले टेलिकमलाई स्तरोन्नति, विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्रीले भने, ‘टेलिकमसहित मुलुकका अन्य सार्वजनिक संस्था बलियो, गुणस्तरीय सेवा दिने र सक्षम भएमा राष्ट्रले समृद्धि हासिल गर्नेछ ।’ 

उनले आगामी वैशाख १ गतेदेखि प्रदेश सरकारले मनाउने ‘पर्यटन भ्रमण वर्ष’को अवधिभर टेलिकमले आफ्नो ‘रिङटोन’मार्फत प्रदेशभरिका पर्यटकीयस्थलको जानकारी दिँदै विदेशी पर्यटकलाई अस्थायी सिम वितरण गरी सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै विकास र रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्दै यसका लागि प्रदेश लगानी सम्मेलनको आवश्यक प्रचारप्रसार गर्न सबैलाई आग्रह गरे ।
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीका अध्यक्ष घनश्याम खतिवडा र नेता विनोद ढकालले टेलिकमले कर्मचारीको हकहित र जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने सुझाव दिए ।

सङ्गठनका प्रदेश अध्यक्ष सुमित ओझा, केन्द्रीय उपमहासचिव गोविन्द ढुङ्गानाले अधिवेशनले विगत कार्यको समीक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्यदिशा अवलम्बन गर्ने बताए । मुख्यमन्त्री कार्कीले सोही अवसरमा सेवानिवृत्त कर्मचारीलाई सम्मान गरेका थिए  ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : २७ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने