राष्ट्रियसभाको बैठक १७ गतेका लागि सर्‍यो « Khabarhub

राष्ट्रियसभाको बैठक १७ गतेका लागि सर्‍यो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११ः१५ मा बस्ने भएको छ । दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो ।

बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज अपराह्न ३ः३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो ।

सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक सरेको सूचना जारी गरेको हो ।

सूचनामा भनियको छ, “राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ साल चैत १७ गते आइतबार बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : २३ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै