राजनीति दलका युवा संगठनको एकै स्वर : गणतन्त्रलाई कमजोर पार्ने गतिविधिलाई स्वीकार्य छैन « Khabarhub

राजनीति दलका युवा संगठनको एकै स्वर : गणतन्त्रलाई कमजोर पार्ने गतिविधिलाई स्वीकार्य छैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न राजनीतिक दलसम्वद्ध युवा सङ्गठनले नेपाली जनताले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उनीहरूले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी भनेका छन्, “हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा सङ्गठनहरू स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।”

काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटीलगायत क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको हामी घोर निन्दा र भत्र्सना गर्र्दै संयुक्त विज्ञप्तिमा संविधानविपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्रविरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन उनीहरूले आग्रह गरेका छन् ।

विज्ञप्तिमा देश शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी आपराधिक तवरले गरिएको सार्वजनिक सम्पत्ति, सवारीसाधन, सञ्चारगृह तोडफोड एवं सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सृजना गरिएकामा आपत्ति प्रकट गरिएको छ ।

उनीहरूले आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै समृद्ध गर्न, कमीकमजोरी सच्याउन खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरूद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन आह्वान गरेका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्ने छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त रूपमा संस्थागत गर्न हामी निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ यस्ता अपराधजन्य गतिविधि कायम रहेमा आफूहरूले कडा प्रतिवाद गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, राष्ट्रिय युवासङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे, योङ कम्युनिस्ट लिगका अध्यक्ष सुवोध शेर्पाली, युवा सङ्गठन नेपालका अध्यक्ष दिनेश सी, नेपाल समाजवादी युवा सङ्घका अध्यक्ष मेघराज तामाङ छ्न् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ०२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा