सरकारद्वारा तीनकुने घटनाको भर्त्सना, छानबिन गरी कारबाही गर्ने निर्णय | Khabarhub Khabarhub

सरकारद्वारा तीनकुने घटनाको भर्त्सना, छानबिन गरी कारबाही गर्ने निर्णय


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले राजवादीहरुको समुहले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा गरेको अराजक गतिविधिको घोर भत्र्सना गरेको छ ।

शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरि आवश्यक कारबाही अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

साथै आजको घटनामा घाइते भएकाहरूको उपचार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिम्मा लिने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । अन्य विषयमा गृह मन्त्रालयले सोधपुछ गरेर आवश्यक कदम अगाडि बढाउने निर्णय गरेको गुरुङले बताए ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहेको छ । उनीहरुबीच आगामी योजनाको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

याे पनि…

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : १५ बजे

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न