मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध | Khabarhub Khabarhub

मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ। राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो।

राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको हो। उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत थिए।

भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो। जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो।

आगो लगाउनुअघि उक्त घरमा राजावादीले ढुंगा हानेर सिसा सबै फुटाइदिएका थिए।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १० : ०६ बजे

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक