पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध विरोध सभा « Khabarhub

पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध विरोध सभा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा विरोध सभा गरेको छ ।

चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्‍याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो ।

सभामा महासंघका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पूर्व अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सञ्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रसारक मन्चका जिल्ला संयोजक रमेश न्यौपाने , नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायतले प्रेसमाथि भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापूर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष विनोद कुमार न्यौपानेले पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सञ्चारकर्मीको आवाज जति दबाउने कोसिस गरेपनि संचारकर्मीका कलम नरोकिने बरु आवाज अझै बुलन्द हुने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना