पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध विरोध सभा « Khabarhub

पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध विरोध सभा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा विरोध सभा गरेको छ ।

चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्‍याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो ।

सभामा महासंघका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पूर्व अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सञ्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रसारक मन्चका जिल्ला संयोजक रमेश न्यौपाने , नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायतले प्रेसमाथि भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापूर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष विनोद कुमार न्यौपानेले पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सञ्चारकर्मीको आवाज जति दबाउने कोसिस गरेपनि संचारकर्मीका कलम नरोकिने बरु आवाज अझै बुलन्द हुने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : २४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा