राजावादी आन्दोलनको समीक्षा गर्दै राप्रपा  « Khabarhub

राजावादी आन्दोलनको समीक्षा गर्दै राप्रपा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो विकसित घटना क्रमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनपछिको घटना क्रमबारे छलफल गर्न राप्रपाले बैठक बोलाएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबार ३ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । ‘विकसित घटनाक्रमका बारेमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्दैछ,’ उनले खबरहबसँग भने । 

संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धव शमशेर राणालाई प्रहरीले शुक्रबार बेलुका नै पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ३७ बजे

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको