सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै  | Khabarhub Khabarhub

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो । 

दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ । गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ । 

‘हिजोको हिंसात्मक घटनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पूर्वराजाको संलग्नता छ । उनले निर्मल निवासमै बोलाएर दुर्गा सुवेदी र नवराज सुवेदीसहितलाई उकास्ने काम गरेका थिए,’ प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबसँग भने, ‘यो प्रकरणमा सरकार सोचेभन्दा पनि गम्भीर छ । यो घटनामा तपाईंहरूले सोचेभन्दा पनि कडा रुपमा प्रस्तुत भएर सरकारले दोषी जो जति संलग्न छन्, ती सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।’

पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो । दिनभर तनावग्रस्त बनेको तीनकुने क्षेत्रमा एकजना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो । 

राजावादीले एउटा घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् । 

पूर्वराजाका समर्थकले थप १० ठाउँमा लुटपाट गरेको प्रहरीले जनाएको छ । घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।

तीनकुने क्षेत्रमा भएको हिसांत्मक आन्दोलनमा दोषी ठहर गर्दै प्रहरीले संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ विवादस्पद व्यवसायी दुर्गा प्रसाईंको खोजी गरिरहेको छ । प्रहरीले जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखेको छ । 

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल, विवादास्पद धर्मगुरु पुस्कर खतिवडालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ३३ बजे

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदुषण एक सातादेखि उच्च रहेको छ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता (तस्बिरहरू)

बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

लुटेरासँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड पराजुली पुरस्कृत

काठमाडौं– भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड तुलप्रसाद पराजुलीलाई पुरस्कृत

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति