पत्रकार र सञ्चारगृहमाथिको आक्रमणका दोषीलाई कारबाही गर्न इम्सनको माग | Khabarhub Khabarhub

पत्रकार र सञ्चारगृहमाथिको आक्रमणका दोषीलाई कारबाही गर्न इम्सनको माग


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विरोध गर्दै जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै इम्सनले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 

‘शान्तिपूर्ण प्रदर्शनको हवला दिँदै आन्दोलनकारीहरूले अराजक गतिविधि गर्दै हिंसात्मक अवस्था सृजना गरी एक युवा र एक श्रमजीवी पत्रकारको ज्यान जाने अवस्था उत्पन्न गराउने तथा सञ्चार गृह, राजनीतिक दलको कार्यालय, नागरिकका घर, व्यावसायिक भवन, सवारी साधनलगायतमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा सम्लग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन पनि इम्सन जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

हिंसात्मक घट्नाका क्रममा कीर्तिपुर निवासी एक युवक र एभिन्युज  खबर टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो । साथै केही निजी निवासमा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो । 

‘प्रदर्शनकारीहरुले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड गरेका थिए, त्यसबाहेक राजनीतिक पार्टीको कार्यालयमा आगजनीका साथै भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाइएको छ । शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याइएको हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न सकिन्न’, इम्सनले भनेको छ । 

लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रूपले राख्न पाइने व्यवस्था हुँदाहुँदै राजनीतिक अभिष्ट पूरा गर्ने नाममा हिंसा निम्त्याउने, नागरिकको ज्यान जाने अवस्था ल्याउने, निजी सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाटलगायतका गतिविधि किमार्थ स्वीकार्य नभएको इम्सनको भनाइ छ । 

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : २३ बजे

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड