लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै « Khabarhub

लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादी धमाधम पक्राउ पर्न थालेका छन् । 

तीनकुने र आसपासका क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न सयभन्दा बढी राजावादी प्रहरीको नियन्त्रणमा आइसकेका छन् । प्रहरीले शनिबार ६ जना पक्राउ गरे छ । योसँगै अहिलेसम्म आगजनी, लुटपाट र तोडफोडमा संलग्न १११ जनालाई पक्राउ परिसकेका छन् ।  

काठमाडौं प्रहरी परिसरका एसपी एवम् प्रवक्ता अपिलराज बोहराले अहिलेसम्म संलग्न १११ जनालाई पक्राउ गरिएको जानकारी दिए । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट भएको थियो । 

प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट राजावादी पक्राउ गरिरहेको बताइएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने कामलाई तीव्रता दिएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये केही प्रहरी हिरासतमा पुगिसकेका छन् । 

कोटेश्वरको भाटभटेनी लुटपाटमा संलग्नमध्ये केहीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्यलाई फोटो र भिडियो तथा सीसीटीभी फुटेज संकलन गरेर पक्राउ अभियान चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : १८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको