धवलशमशेर पक्राउ परेको पत्र संसद् सचिवालयमा, राज्यविरुद्ध अपराधको मुद्दा « Khabarhub

धवलशमशेर पक्राउ परेको पत्र संसद् सचिवालयमा, राज्यविरुद्ध अपराधको मुद्दा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधिसभाका सदस्य धवलशमशेर जबरा पक्राउ परेको पत्र काठमाडौं प्रहरी परिसरबाट संसद् सचिवालयमा पुगेको छ ।

शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा मच्चाइएको विध्वंस र तोडफोडलाई लिएर सांसद जबरा निवासबाटै पक्राउ परेका थिए । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जबरा पक्राउ परेको पत्र प्रहरीबाट आएको जानकारी दिए ।  पाण्डेयका अनुसार  धवलशम्शेरलाई राज्यविरुद्धको अपराध सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनी राजसंस्था पुनःस्थापना आन्दोलनका मुख्य सदस्यमध्ये एक हुन । उनीसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पक्राउ परेका छन् ।

शनिबार जबरा र मिश्रलाई भेट्न राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पुगेका थिए । यसैबीच राप्रपाले पक्राउ नेताहरूलाई रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : ५१ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र