रुसमा युक्रेनको ड्रोन आक्रमण « Khabarhub

रुसमा युक्रेनको ड्रोन आक्रमण


१६ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

युक्रेन – सीमाको एउटा भागमा ठुलो क्षति सही रहेको युक्रेनले रुसलाई सीमाको अर्को भागमा आक्रमण गरेको छ।

युक्रेनी सीमाबाट १५० किलोमिटर टाढा रहेको बेलगोरोड प्रान्तमा युक्रेनले लामो दुरीको ड्रोन आक्रमण गरेको छ। त्यस क्षेत्रका गभर्नरले सो कुरा बताए पनि युक्रेनी अधिकारीले पनि अझै पुष्टि गर्न सकेका छैनन्।

कस्कमा लगातार दुई वटा हारपछि युक्रेनले बेलगोरोडमा निसाना बनाएको हो। गत अगस्टमा एक हजार वर्ग किलोमिटर रुसी भूमि कब्जामा युक्रेनी सेनालाई हालै उत्तर कोरियाली सेनाको सहयोगमा रुसले सीमासम्म लखेटेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेपछि दुवै देश हजार वर्ग किलोमिटर कब्जामा लिन कसरत गरिरहेका छन्।

यसअघि डिनिप्रो र क्रिभि रिमा आक्रमण सहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रातारात अमेरिकी राष्ट्रपतिसँग सहयोग माग गरेका थिए।

शनिबार खार्किभमा भएको आक्रमणमा घाइते भएका युक्रेनी जनरल लगायत धेरै सैन्य अधिकारीको शनिबार नै सैन्य अस्पतालमा उपचार भएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ५४ बजे

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ