बङ्गलादेश मोडेलमा सत्तापलट गर्ने ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल | Khabarhub Khabarhub

बङ्गलादेश मोडेलमा सत्तापलट गर्ने ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकप एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी समूहबाट भएको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले लेखेका छन्– ‘पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरूले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर  पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरू । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

उनले पूर्वपञ्च र राजावादीहरूले सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि  नेपाली जनताले विश्वास गर्ने आधार रहने भए पनि निर्मल निवासको ‘थ्रेट’ सामु राप्रपा निरिह देखिएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्– ‘निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरिह देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले।’

पोखरेलले आँखाले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्दा पूर्व पञ्चहरूको नियति यस्तो देखिएको बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : २८ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र