तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे « Khabarhub

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले गत शुक्रबार राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा घिमिरेले उक्त घटनाका विषयमा संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे ।

राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गर्दै सभामुखले अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने बताए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा प्रतिपक्षी दलहरूले संसद अवरोध जारी राखेपछि सभामुखले समस्या समाधानका लागि प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने बताए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए । 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ४० बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान